नुवाकोटमा नेकपाले पाए पूर्णता


पार्टी एकताको एक वर्षपछि नुवाकोटमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टीले पूर्णता पाएको छ । नुवाकोटको विदुरमा बिहीबार पार्टी पदाधिकारी तथा सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

नेकपा स्थायी कमिटी सदस्य तथा प्रदेश ३ इन्चार्ज अष्टलक्ष्मी शाक्यले जिल्ला संयोजक, सचिव तथा सदस्यलाई पद तथा गोपनियताको शपथ गराएकी हुन्।

नुवाकोटमा संयोजक हिरानाथ खतिवडा, सचिव नारायणप्रसाद खतिवडा र छिमेकी रुसुवामा संयोजक कन्र्याल लामा र सचिवमा इन्द्र गौतम जगतजंग रहेका छन् ।
नुवाकोटमा खतिवडाद्वयसहित १ सय ४५ जनाले शपथ ग्रहण गरेका छन् ।

नुवाकोटमा पूर्वएमालेबाट ७४ र पूर्वमाओवादीबाट ७१ गरी कुल १ सय ४५ जनाको जिल्ला कमिटी रहेको छ ।

प्रदेश ३ की इन्चार्ज शाक्यले नेकपाको एकताले देशमा छुट्टै तरङ्ग आएको बताइन् ।

नेकपा प्रदेश ३ का सांसद हितबहादुर तामाङले सरकार र नेकपाविरुद्ध अनेक षडयन्त्र भइरहेका कारण त्यसलाई नियन्त्रण गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया