छ्योर्तेनको सुङ संकलन, ३७ फिट निर्माण सम्पन्न

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares

सैलुङमा निर्माणाधिन छ्योर्तेन लागि बौद्ध परिसरमा सुङ संकलन र विश्व शान्ति पूजा मंगलबार सम्पन्न भएको छ । छ्योठुल धुइछेन (ऋद्धि प्रतिहार्य दिवस) दिवसमा सुङ संकलन एवं विश्व शान्ति समस्त जगत प्राणीहरुको हितको निमित्त गरेका हुन् ।

 

शैलुङ रिगसुम गोन्पो सेवा समाजद्धारा आयोजित कार्यक्रममा धर्मगुरू टुल्कु लोसाङनाम्गेल रिम्पोछेद्धारा उद्घाटन गरी सुङ संकलनसहित पूजा गरेका हुन् ।

समाजले सैलुङमा ५३ फिट लामो शैलुङ ज्याङछ्युब छ्योतेन निर्माण गरिहेको छ । २०७२ चैत्र २० मा समाजका संरक्षक श्रद्धेय धर्मगुरु टुल्कु नाम्गेल रिम्पोछेले सिलान्यास गरी निर्माण सुरु गरेका हुन् । रिम्पोछे सैलुङ भ्रमणमा जाँदा यस क्षेत्रको महत्वलाई बोध गरी एउटा चैत्यको आवश्यकता महशुस गरे । फलरुवरुप रिम्पोछेको सदिक्षा र स्थानीयवासीको पहलकदमीमा स्थानीय स्रोतसाधन परिचालन गरी छ्योर्तेन निर्माणको परियोजना प्रारम्भ गरिएको हो ।

 

समाजका महासचिव कुमार थोकरले सुङ संकलनको उद्देश्य नै चैतदेखि बैशाखभित्रमा राख्ने बताए । कङ्ग्युर, तेङ्ग्युर लगायत धेरै सुङ संकलन भइसकेका छन् । महासचिव थोकरले भने– अहिले छ्योर्तेनमा सोकसिङ राख्ने काम भइरहेको छ । अहिले ३७ फिट निर्माण भइसकेको छ । आउँदो मंसिरमा निर्माण पूरा भइ ह्राप्ने गरी दर्शनको लागि योग्य बनाउने उनले बताए ।

कोषाध्यक्ष डम्बरबहादुर मोक्तानका अनुसार छ्योर्तेन निर्माणको लागत खर्च ३ करोड रहेको छ । अहिलेसम्म सबैजनाको सहयोगले नै करिब ९० प्रतिशत काम सम्पन्न भएको छ । उनले भने–अँझै हामीले सहयोगको अपेक्षा गरेका छौं । धार्मिक कार्यमा सबैको सहयोगले नै यो कार्य गर्न हौसला मिलेको उनले बताए । अब हामीलाई करिब ७५।८० लाख भए यो निर्माण सम्पन्न हुनेछ । यो हामीले शून्य आर्थिकबाट निर्माण गर्न सुरु गरेको कोषाध्यक्ष मोक्तानले जनाए ।

छ्योर्तेनका लागि दोरम्बा, सैलुङ र मेलुङ गाउँपालिकाले पनि आर्थिक सहयोग गरेका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका