साईप्रसमा चासोक तङ्नाम साँस्कृतिक कार्यक्रम हुने 

7 Shares
साईप्रस

किरात याक्थुङ चुम्लुङ साईप्रसले “चासोक तङ्नाम साँस्कृतिक कार्यक्रम २०७६” को आयोजना गर्ने भएको छ ।

चुम्लुङ साईप्रसले किराँत याक्थुङ तथा लिम्बुहरुको मौलिक पर्व चासोक तङ्नाम(उधौली)को अवसर पारेर लिमासोलस्थित नियो फिस्टा हलमा आगामी डिसेम्बर ८ तारीखमा साँस्कृतिक कार्यक्रम गर्ने भएको हो ।

चुम्लुङ साईप्रसले यहा रहेका नेपालीहरुलाई स्वदेशमै भएको अनुभुती गराउनका लागि नेपालबाट कलाकार ल्याउन लागेको कार्यक्रम संयोजक सरिता लिङ्देनले बताइन् । लिङ्देनको अनुसार कार्यक्रमको मुख्य आकर्षण प्रथम नेपाली तारा गायक दिपक लिम्बु रहनेछ । लिम्बुले अमेरिका, युके, जापान, हङकङ लगायतका थुप्रै देशहरुमा साङ्गितिक यात्रा गरिसकेका छन् । लिम्बुको साईप्रस यात्रा भने पहिलोपटक हो लिङ्देेनले भनिन् ।

मगर संघ साइप्रस र तमु समाज साइप्रसले सह-प्रायोजन गरेको कार्यक्रममा स्थानीय कलाकारहरु सुरज रानाभाट, सुस्मा राई, पुष्पा पुन मगर, खगेन रानामगर र अमिसा लिम्बु लगायतको बेजोड प्रस्तुति रहेन कार्यक्रम सहसंयोजक रेशम लिम्बुले जानकारी दिए । उनका अनुसार नवगायक सुरेन ताम्लिङले सांगीतिक प्रस्तुतिसँगै यालाङ र केलाङ नाचमा नेतृत्व गर्नेछन् ।

चुम्लुङ साईप्रसका अध्यक्ष तेजबहादुर सिगुले कार्यक्रमलाई गोर्खाज किचन र नेपाली भेटघाट रेस्टुरेन्ट सहयोग रहने बताए । अध्यक्ष सिगुलेे कार्यक्रमलाई भव्य बनाई सफल पार्न साईप्रबासी नेपालीहरुलाई उपस्थितिका लागी अनुरोध गरे ।

‘भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण गरौं, लोपोन्मुख पहिचान र इतिहासको अस्तित्व जोगाऔं’ भन्ने मूल नाराका साथ सन् २०१८ मा स्थापना भएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका