सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ८ ले वडा भित्र रहेका दुई अशक्त अपाङ्ग भएकालाई निस्शुल्क ह्वील चियर वितरण गरेको छ । हरिवन नगरपालिकाले पुर्वाधार विकास मात्रै विकास नभै नगरवासीको दुःख र मर्मलाई मध्यनजर गर्दै हरेक नगरवासीको समस्यामा सहकार्य गर्दै आइरहेका छन् ।
केही वर्षदेखि प्यारालाइसिस भइ थला परिएकी बेत्तालीका ६८ वर्षीया यशोधा बराल र सानैमा ढाँडको नशाबाट ग्रसित भएकी ३४ बर्षकी रन्जिता सिन्दालीलाई नगरप्रमुख गणेश प्रसाद प्रसाई र वडा अध्यक्ष यज्ञ विनोद ढुंगेलले उनीहरुको घरमै पुगी ह्वील चियर वितरण गरिएको हो । वडा कार्यालयले यो वर्ष ६ थान ह्वील चियर वितरण गर्ने बताएको छ । आज (बिहीबार) दुई थान मात्रै वितरण गरे पनि बाँकीलाई केही दिन पछि नै वडाको स्वास्थ्य चौकी मै उपस्थित गराई वितरण गर्ने वडा अध्यक्ष ढुङ्गेलले जानकारी गराए ।
यसरी आफ्नो नगरपालिकाका नगर प्रमुख र वडा अध्यक्ष आफ्नै घरमा आई यसरी अशक्त अपाङ्गता भएकालाई ह्वील चियर वितरण गर्दा खुशी लागेको याशोदा र रन्जिताले बताइन् ।