एसईई नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ

काठमाडाैं
तस्विरः गुगल

माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए ।

संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए ।

तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

परीक्षाफल हेर्नका लागि नेपाल टेलिकमको वेभसाइट जततउस्ररकभभ।लतअ।लभत।लउर परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट धधध।कयअभ।नयख।लउ मा हेर्न सकिनेछ ।

त्यस्तै शिक्षा मन्त्रालयको धधध।मयभ।नयख।लउ मा हेर्न सकिनेछ । राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरको धधध।लभद।नयख।लउ मा हेर्न सकिनेछ ।

यसपटक परीक्षा बोर्डले सातवटै प्रदेशमा प्रदेशगत रुपमा नतिजा प्रकाशन गर्नेछ । नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया