दोलखा जिल्लाको जिरी नगरपालिकामा महिला मानव अधिकार रक्षक सञ्जाल समिति जिरी मंगलबार गठन भएको छ । जिरी नगरपालिकाको हलमा सम्पन्न भेलाले पुष्प जिरेलको अध्यक्षतामा ७ सदस्यीय समिति गरिएकोे हो ।
समितिका पदाधिकारीहरुमा उपाध्यक्ष पदमकुमारी जिरेल, सचिव प्रनिशा जिरेल, कोषाध्यक्ष शान्ति नेपाली, सदस्यहरु राधिका कार्की, चन्द्रकुमारी खत्री, याङटी शेर्पा रहेका छन् ।
सञ्जालका दोलखा जिल्ला समिति सदस्य तारा तामाङको संयोजनमा भएको उक्त कार्यक्रममा उपमेयर कृष्णमाया बुढाथोकीले सञ्जाललाई नगरपालिकाको पूर्ण सहयोग रहने प्रतिबद्धता गर्दै सम्पूर्ण महिलाको हकहितमा लाग्न नवगठित समितिलाई प्रेरित गरिन् ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1