जिम्मेवारी हेरफेरबाट अपमान भएको छैन : उपप्रधानमन्त्री यादव   


फाइल तस्वीर

उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले मन्त्रिपरिषद्मा आफ्नो जिम्मेवारी हेरफेर अपमानको विषय नभएको स्पष्ट पारेको छ ।

जनकपुरधाममा  सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले जिम्मेवारी हेरफेर सामान्य प्रक्रिया भएको बताए । उनले मन्त्रिपरिषद्मा आफ्नो जिम्मेवारी हेरफेरका सन्दर्भमा चर्चामा रहेको प्रसङ्ग भ्रामक भएको टिप्पणी गरे । एक प्र्रश्नको जवाफमा मन्त्री यादवले आफूसँग गौर हत्या काण्डको प्रसङ्ग उल्लेख गरी मधेशलाई दबाउने मनसाय राख्नु गलत मानसिकता भएको उल्लेख गरे ।

संविधानलाई गतिशील बनाउन संशोधन आवश्यक रहेको चर्चा गर्दै उनले संविधान अपूर्ण रहेकाले संशोधन हुनै पर्छ भने । समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका मन्त्री यादवले राष्ट्रिय जनता पार्टीले एकीकरणका लागि समाजवादी पार्टीको सरकारमा सहभागितालाई बाधक मान्न नहुने बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका