दृष्टि बिहीनले पाए खाद्यान्न सामाग्री

सप्तरी
PHOTO:

सप्तरीका दृष्टि बिहीन शम्भु मण्डलका परिवारले खाद्यान्न सामाग्री सहयोग पाएको छ ।

मंगलबार मण्डलका परिवारले हेल्प मधेसी साउदीले ५१ हजार बराबरको खाद्यान्न सामाग्री वितरण गरेका थिए । हेल्पका केन्द्रीय अध्यक्ष रामउद्गार यादव र साउदीका अध्यक्ष इन्जिनिएर कमलदेव शाहले संयुक्त रुपमा दृष्टि बिहीन परिवारलाई वितरण गरेका थिए  ।

डाकेश्वरी नगरपालिका-८का दृष्टि बिहीन मण्डलका परिवारमा  १७ सदस्यहरू रहेका छन् । मण्डलसँगै परिवारमा ६ सदस्य दृष्टि बिहीन र २ जना अपांग छन् ।

मण्डलका परिवारलाई ७ क्वीन्टल चामल, ८० किलो दाल ८०, ६ किलो चिउरा, ३ बोरा मुरही, १५ किलो चिनी, १५ लिटर खाने तेल, १५ किलो नून, लुगाधुने र नुहाउने साबुन १८/१८ ओटा, र  नगद ६ हजार समेत उपलब्ध गराएको हेल्प मधेशी साउदीका अध्यक्ष कमलदेवले जानकारी दिए ।

हेल्प मधेशी साउदी सदस्य नरेश मण्डल, वडाध्यक्ष उमेश कुमार यादव, हाँस्य कलाकारण भूपेन्द्र कुमार मण्डल, जिल्ला अध्यक्ष रिना झा, संयोजक प्रकाश शर्मा लगायतको उपस्तिथिरहेका थिए  ।

तपाईको प्रतिक्रिया