करिश्माको एसईई नतिजा ‘बी प्लस’

काठमाण्डौं

नेपाली सिने जगतका नायिका करिश्मा मानन्धरले ‘एसईई परीक्षा’ मा ‘बी प्लस’ ग्रेड ल्याएकी छिन् । बिहीबार प्रकाशित नतिजामा नायिका करिश्माले ३ जीपीए प्राप्त गरी उर्तिण भएका छन् ।

अब उनले व्यवस्थापनमा उच्च शिक्षा पढ्ने बताएकी छिन् । यो नातिजाले नायिका मानन्धर निकै खुशी भएकी बताइन् । उनले परिक्षामा सामाजिक र जनसंख्या विषयमा केही शंका लागेको बताएको थिइन् । आफू नजिताबाट हर्षित भएको भन्दै अबको पढाइलाई अझै मिहेनतका साथ निरन्तरता दिने बताएकी छन् ।

नायिका करिश्माले मैतिदेवीस्थित त्रिवेणी पव्लिक स्कुलमा अध्ययन गरी डिल्लीबजारको विजयस्मारक परीक्षा केन्द्रबाट एसईई परीक्षा दिएकी थिइन् ।

 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया