डा.भट्टराईद्वारा वार्ता भवनको अवलोकन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
दाङ

समाजवादी पार्टीका सङ्घीय अध्यक्ष डा. बाबुराम भट्टराईले दाङ हापुरेस्थित शान्तिवार्ता भवन अवलोकन गरेको छ । आज चुनावीसभामा दाङ आएको अवसरमा उनले हापुरे वार्ता भवनको अवलोकन गरेको हो ।

विसं २०६० मा भएको उक्त वार्तामा तत्कालीन माओवादीकोतर्फबाट डा. भट्टराई र कृष्णबहादुर महरा आभएको थियो । माओवादीले विसं २०५२ देखि शुरु गरेको जनयुद्धको पहिलो युद्धबिराम विसं २०६० मा गरेको थियो । युद्धबिराम भएसँगै सरकारले माओवादीसँग शान्ति वार्ता गरिरहेको थियो । विसं २०६० साउन २७ देखि भदौ १ गतेसम्म शान्तिवार्ता भएको थियो ।

त्यहीबीचमा दाङमा पनि एकपटक शान्तिवार्ता भएको थियो । सरकारकोतर्फबाट कमल थापा र प्रकाशचन्द्र लोहनी दाङ आउएको थियो । त्यो वार्ता सफल हुन नसकेपछि शान्ति सम्झौताको बलियो आधार खडा भएको थियो । यो स्थान ऐतिहासिक रहेकाले शान्तिको सन्देश दिने ठाउँका रुपमा परिचय दिनुपर्नेसमेत उनको भनाइ थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया