हर्क दोङको ‘मन पराउने मायालु’ (भिडियो)

दक्षिण कोरिया

हर्क दोङको स्वरमा रहेको गीत ‘मन पराउने मायालु’ दर्शकमाझ सार्वजनिक भएको छ ।

गायक पेमा लामाको शब्द संगीतमा रहेको मायाप्रेमको गीतमा गायक दोङको एकल स्वरमा भिडियोसहित दर्शकमाझ ल्याएको छ । एक प्रेमीले मन पराउँने मायालुको कल्पना, मायाजालमा परिसके पनि उनैले अर्कैसँग माया पिरती लगाएपछि हुने सम्झनाको परिस्थितिलाई गीतमा देखाइएको छ । साथै पहिलो प्रेमीले आफ्नो मायालु आउने आशामा डुल्दै विगतको पललाई व्याख्या गरिएको छ ।

रोजगारीको शिलसिलामा कोरियामा बस्दै आएको गायक दोङको गीत यहाँ नै छायाँकन गरेका छन् । गीतमा गायक पेमा लामा, ली सल्जी र विछोड मोक्तानले अभिनय गरेका छन् । अभिनयमा लामा पूर्व प्रेमीको रुपमा देखिएको छ ।

पवन वाङ लामाको एरेन्ज रहेको गीतको भिडियो निर्देशन र सम्पादन मोहन घलेले गरेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका