इराकको प्रधानमन्त्रीद्वारा राजिनामाको घोषणा

सैलुङअनलाइन
सैलुङअनलाइन एजेन्सी
0 Shares
इराक

इराकका प्रधानमनत्री अदेल अब्देल मेहदीले राजिनामा दिने घोषणा गरेको छ । उनले राजिनामा पत्र संसदमा पेश गर्ने तयारी गरेेको अधिकारीहरुले शुक्रबार जनाएका छन् ।

इराकी सिया धर्मगुरूले भ्रष्टाचारविरोधी आन्दोलनले हिंसात्मक रूप लिएपछि मन्त्रीमण्डलमा फेरबदलका लागि सुझाब दिएको थियो । सरकार परिवर्तनको माग गर्दै दैनिक विरोध प्रदर्शन भइरहेपछि उनले शुक्रबार राजिनामा दिने घोषणा गरेको हो ।

“मैले प्रधानमन्त्री पदबाट दिएको राजिनामा संसदमा पेस गर्नेछु,” उनले जारी गर्नु भएको वक्तव्यमा भनिएको छ ।

इराकमा झण्डै दुई महिनादेखि भइरहेको रक्तपातपूर्ण आन्दोलनका क्रममा ४०० भन्दा बढीको मृत्यु भएको छ भने अरु १५ हजार भन्दा बढी घाइते भएका छन् ।

पछिल्लो विवरण अनुसार दक्षिणी धिकार राज्यको राजधानी नासिरियालगायत देशभरका विभिन्न ठाउँमा भएका झडपमा परी ४५ प्रदर्शनकारी मारिएका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका