अन्तर्रास्ट्रिय तामाङ परिषद् खाडी तथा मध्यपूर्वी सम्मेलन सम्पन्न, अध्यक्षमा सोनाम दोङ निर्वाचित

६ बुँदे ओमन घोषणापत्र जारी

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

अन्तर्रास्ट्रिय तामाङ परिषद् खाडी तथा मध्यपूर्वी क्षेत्रीय सम्मेलनले सोनाम दोङ तामाङलाई अध्यक्षमा निर्वाचित गरेको छ । सम्मेलन शुक्रबार ओमनको मस्कट रुइ सिटीमा सम्पन्न भएको हो ।

ओमनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले सुरेन्द्र थिङ (युएइ) लाई सचिवमा निर्वाचित गरेको छ भने अन्य सदस्यहरुमा राम तामङ (ओमान), धिरेन तामङ (कतार), अनिता तामाङ (ओमन), सुरेश ग्याबा (कुबेत) रहेका छन् । साउदी अरब र इराकबाट भने सदस्य मनोनित हुन बाँकी रहेको छ ।

सम्मेलनमा विशेष अतिथि अन्तर्रास्ट्रिय तामाङ परिषद्का बरिष्ठ उपाध्यक्ष टासी लामा, महासचिव तथा नेपाल तामाङ घेदुङ संघीय अध्यक्ष मोहन गोले, घेदुङ सचिव तथा नेपाल आदिवासी जनजाति महासंघका संघीय सदस्य रामकृष्ण ब्लोन तामाङ, भाषा तथा साहित्य बिभाग प्रमुख काजिमान थिङ लगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

त्यसैगरि घेदुङका पूर्व सचिव प्रतिक तमाङ, अन्तर्रास्ट्रिय तामाङ परिषद्का सचिव रबिन थिङले अध्यक्ष मण्डलको भूमिका निर्वाह गरेका थिए ।


कार्यक्रममा युएइ अध्यक्ष महेश मोक्तान, कुवेत अध्यक्ष सुरेश ग्याबा तामाङ, कतार अध्यक्ष धिरेन ग्याबा, ओमन अध्यक्ष तेज तामाङ, बहराइन उपसंयोजक पेमा तामाङ, कतार समाज समरक्षक संखलाल तामाङ लगायतले अबधराणापत्र पेश गरेका थिए ।

कार्यक्रम क्षेत्रिय संयोजक सोनाम दोङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 

 

तपाईको प्रतिक्रिया