कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित

काठमाडाैं

कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जानका लागि गत जेठ महिनामा भएको परीक्षाको परीक्षाफल प्रकाशित भएको हो ।

८४ हजार २ सय १५ जना भाषा परीक्षामा सहभागी भएका थिए । १२ हजार १५ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२० का लागि निर्धारण गरेको कोटाभन्दा २ हजार बढी हो ।

परीक्षाफल ईपीएसको बेवसाइटमा गएर हेर्न सकिने छ ।

परीक्षा दिने परीक्षार्थीमध्ये कृषिका लागि ३७ ल्याउने पास भएका छन् भने उत्पादनमूलक क्षेत्रका लागि परीक्षा लेख्ने ३८ ल्याउने पास भएका छन् ।

कोरिया भाषा परीक्षाका लागि ९२ हजार ३ सय ५६ जनाले आवेदन दिएका थिए ।

आगामी वर्ष सन् २०२० का लागि दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया