रेश्मा बम्जनको `तामाङको चेली´ सार्वजनिक

काठमाण्डौं

जल्दाबल्दा गायिका रेश्मा बम्जनको पछिल्लो सेलो गीत `तामाङको चेली´ सार्वजनिक भएको छ ।

शब्द र संगीत आशुसेन लामाको रहेको छ । गीतमा एरेन्ज फणिन्द्र राई र मिक्सिङ दिपेश प्रधानले गरेका छन् । भिडियो छायांकन र सम्पादन पवन सुस्लिङले गरेका हुन् ।
भिडियोमा भिमफेदी गाइजका साथमा मोडल निरन्जली लामाले अभिनय गरेकी छिन् । मकवानपुर जिल्लामा रहेको भिमफेदी आसपासका दृष्य कैद गरेका छन् ।

कुनै पार्टीको सन्दर्भमा निरन्जलीले नाचेकी देखाइएको छ । तत्कालीन पार्टीमा देखिएको युवकसँग नाच्दै गरेको कल्पनामा निरन्जली पुगेको देखाइएको छ । सोल्टालाई आफुतिर आकर्षित गर्न उत्साहित भएकी देखिन्छ ।

सिन्धुली लदाभीरका बम्जनले यसअघि सोल्टिनी माइच्याङ, जन्ती लिएर, आम्मैले होइ आम्मैले, मैले क्यारु भो, के साह्रो हेरेको च्याङबा, गोरी गोरी माइच्याङ, यो कान्छाको र होई च्याङबा सहित २ दर्जन भन्दा बढी गीत गाइसकेकी छिन् । गायिका बम्जनले पद्मकन्या क्याम्पस बागबजारबाट बिम्युज उत्तीर्ण गरिसकेकी छिन् । हिजो मात्रै युट्युबमार्फत सार्वजनिक भएको यो गीत ट्रेन्डिङमा पर्न सफल भएको छ ।



 

 

तपाईको प्रतिक्रिया