मेरोको सहयोग केन्द्रमा

काठमाडाैं

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्धारा टोखा झोर महांकालमा महिला केन्द्र निर्माणको लागि आर्थिक सहयोग गरेको छ । काठमाडौंको मनमैजु शाखाद्धारा प्रवद्र्धित शिवपुरी महिला केन्द्रलाई ३० हजार रुपैया सहयोग गरेको हो ।

बिहिवार एक कार्यक्रमको आयोजना गरी मनमैजु अनुगमनका अनुगमन अधिकृत कमल घिमिरेले सो रकम हस्तान्तरण गरेको हो । सो रकम महिलाहरुको केन्द्र घर निर्माण गर्नको लागि संस्थाले केन्द्रमार्फत सहयोग हस्तान्तरण गरिएको हो ।

अधिकृत घिमिरेले संस्थाले आफ्ना ग्राहकहरुको हितमा रहि बिभिन्न सहयोग गर्दै आएको र समाजको बिकास गर्नुपर्छ भन्ने मान्यतामा संस्थाले बिभिन्न सामाजिक उत्तरदायित्वलाई सदैव उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको बताए ।

शाखा प्रबन्धक रमिला श्रेष्ठले ग्रामीण एवं शहरोन्मुख इलाकामा बसोबास गरिरहेको महिलाहरुको समूहमार्फत कार्य गर्दा आर्थिक तथा सामाजिक बिकासमा परिवर्तन आएको बताइन् ।

कार्यक्रममा केन्द्रका केन्द्र प्रमुख ज्ञानु तामाङले लघुवित्तमार्फत समूहमा आबद्ध भएर महिलाहरुले बिभिन्न ब्यावसायिक क्रियाकलापलमा लाग्नुपर्छ भन्ने आभास भएको बताइन् ।

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५२ जिल्लामा ९६ शाखा कार्यालय मार्फत ग्रामिण तथा शहरोन्मूख भेगहरुमा बित्तीय पहँच बिस्तार तथा साक्षरता अभिबृद्धि सहित लघुवित्त सेवा प्रदान गर्दा आइरहेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका