उपनिर्वाचनमा ६५ दशमलव ४३ प्रतिशत मत खसेको अनुमान

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडौ
तस्वीर : राजेन्द्रप्रसाद पनेरू / रासस

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको आज भएको उपनिर्वाचनमा ६५ दशमलव ४३ प्रतिशत मत खसेको छ ।

शान्तिपूर्ण रुपमा सम्पन्न उपनिर्वाचनमा दुई लाख ९७ हजार १३७ जना मतदाता मतदानमा सहभागि भएको प्रारम्भिक विवरण प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचनमा चार लाख ५४ हजार ११४ मतदाता रहेका थिए । आयोगका अनुसार, प्रतिनिधिसभा सदस्यको निर्वाचन भएको कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ६५ प्रतिशत (४६,५७५ मत) प्रदेशसभा सदस्यको निर्वाचन भएको भक्तपुरमा ७० प्रतिशत (३१,६८२ मत), बागलुङमा ६१ प्रतिशत (२१,२९५ मत) र दाङमा ६७ प्रतिशत (४५,७१९ मत) मतदान भएको छ ।

स्थानीय तहका सदस्यतर्पm धरान उपमहानगरपालिकाको प्रमुखका लागि भएको मतदानमा ५९ प्रतिशत, फाल्गुनन्द गाउँपालिका, मकालु गाउँपालिका, पिपरा गाउँपालिकाको अध्यक्षका लागि भएको मतदानमा क्रमशः ६६, ६५, ६० प्रतिशत र खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि भएको मतदानमा ८५ प्रतिशत मत खसेको छ ।

उपनिर्वाचनमा सबैभन्दा धेरै रौतहट र हुम्लामा र सबैभन्दा कम रोल्पा जिल्लाको थवाङ गाउँपालिका- १ को वडाध्यक्षको लागि भएको मतदानमा मत खसेको छ । थवाङ गाउँपालिका- १ मा भएको निर्वाचनमा १६ दशमलव ४ प्रतिशत मात्र मतदान भएको आयोगले आज साँझ पत्रकार सम्मेलनमार्फत् जानकारी दिएका छन् ।

सुरक्षा अवस्था निकै सुदृढ रहेकाकारण केही सामान्य छिटफुट घटनाबाहेक मतदाताको व्यापक सहभागितामा उत्साहपूर्ण र अत्यन्त शान्तिपूर्ण वातावरणमा मतदान भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानारी दिएका थिए ।

यद्यपि, मतदान भइरहेको अवस्थामा कास्की, दाङ, सर्लाही, डोटीलगायत जिल्लामा मतदान केन्द्र नजिक सामान्य विस्फोटका छिटपुट घटना भएतापनि यसबाट मतदानमा कुनै नकारात्मक प्रभाव परेको थिएन ।

उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग पु¥याउनुहुने आम मतदाता, उम्मेदवार, राजनीतिक दल, सञ्चारकर्मी, पर्यवेक्षण संस्था, निकाय तथा व्यक्ति सबैलाई आयोगले पत्रकार सम्मेलनमार्फत धन्यवाद ज्ञापन गरेको छ ।

मुलुकका ३७ जिल्लाका २४७ मतदानस्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो ।

प्रतिनिधिसभातर्पत् २१, प्रदेशसभा सदस्यतर्पm ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।

कास्की( २ मा प्रतिनिधिसभा, भक्तपुर, बागलुङ र दाङमा प्रदेशसभा सदस्य तथा धरानमा उपमहानगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन भएको हो । पाँचथरको फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष, हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष चयनका लागि यो निर्वाचन भएको हो । उपनिर्वाचनमार्फत ४३ वडाध्यक्ष पनि चुनिने छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका