कोरियामा अन्तर्राष्ट्रिय बहुसाँस्कृतिक बाैद्धधर्म संघ स्थापना

दक्षिण कोरिया
फोटोः दुध लामा

दक्षिण कोरियामा अवस्थित विभिन्न ८ देशका ९ वटा गुम्बाको संयुक्त रुपमा बनेको संस्था: कोरियाली बहुसाँस्कृतिक बौद्धधर्म संघ (Korea Multicultural Buddhist Association) को स्थापनाको आइतबार विधिवत रूपमा समुद्घाटन भएको छ ।

जोगेसा गुम्बा हलमा आयोजित कार्यक्रममा जोगेसा गुम्बाको प्रमुख लामाको प्रमुख आतिथ्यता, कोरियन गुम्बाका धर्मगुरू, ९ गुम्बाका धर्मगुरू, सबै देशको राजदूतहरूको उपस्थितीमा समुद्घाटन कार्यक्रम र सांस्कृतिक कार्यक्रम गरि औपाचरिक घोषणा गरेको हो ।

यसमा कोरिया, नेपाल, म्यानमर, थाइल्याण्ड, कम्बोडिया, भियतनाम, मंगोलिया र श्रीलङ्का गरी जम्मा ८ देशको बौद्ध धर्मलम्बी संयुक्त गठन गरिएको संस्था हो ।  यस संघमा नेपाली गुम्वा नागर्जुन गुम्वा र सउल नेपाल गुम्वाले प्रतिनिधीत्व गरेका छन् ।

उक्त कार्यक्रममा संयुक्त रूपमा संघको तर्फबाट स्वागत मन्तव्य राख्दै सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले यस संघले विश्वमा बौद्ध धर्ममाध्यमबाट नीतिगत रूपमा सबैको समस्याहरूको समाधान, भाइचारा, सदभाव, शान्ति, समृद्धि, कला र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्धेश्यले गठन भएको बताए ।

उक्त कार्यक्रमको प्रमुख अथिती जोगेसा गुम्वाका प्रमुख धर्मगुरूले कोरियाले बहुसाँस्कृतिक पक्षलाई मन पराउने भएकाले त्यसैले पनि यो संघले त्यो उद्धेश्यलाई साकार पर्ने बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका