नेपाली सम्पर्क समितिको १७औं महाधिवेशन डिसेम्बर अन्तिम साता

दक्षिण कोरिया
फाइल तस्वीर

नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको १७ औं महाधिवेशन यही डिसेम्बर २९ तारिखमा हुने भएको छ । गत महिना अध्यक्ष अन्जु केसीको अध्यक्षतामा बसेको बैठकले महाधिवेशन डिसेम्बर अन्तिम साता गर्ने निर्णय गरेको छ ।

महाधिवेशनलाई स्वतन्त्र, निष्पक्ष, पारदार्शी र सहज ढंगबाट सम्पन्न गर्नका लागि संस्थाको विधान बमोजिम सल्लाहकार लोचन राईको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन भएको छ । उक्त समितिले निर्वाचन आचारसंहितासमेत जारी गरेको छ । समितिको सदस्यमा चित्रबहादुर मोक्तान रहेको छ ।

जारी आचारसंहितामा आचारसंहिताको परिभाषा, निर्वाचन समिति, विधान, महाधिवेशन, साधारण सदस्य, कार्यसमिति, उम्मेदवार, मतदाता, मतदाता आचारसंहिता, निर्वाचन प्रकृयालाई विधानानुसार उल्लेख गरिएको निर्वाचन समितिले बताएको छ ।

निर्वाचन आचारसंहितामा निर्वाचन हुने पद, उम्मेदवारी मनोनयन दर्ता शुल्क, उम्मेदवार हुन आवश्यक योग्यता, उम्मेदवारी मनोनयन दर्ता प्रकृया, मतदान प्रकृया, मतगणना, निर्वाचन परिणाम, निर्वाचन कार्यतालिकालाई प्रकाशित गरेको निर्वाचन समितिका सदस्य चित्रबहादुर मोक्तानले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका