हिउँदमा सैलुङ (फोटोफिचर)

सन्तोष योन्जन तामाङ
सन्तोष योन्जन तामाङ संवाददाता
दोलखा

दोलखा र रामेछाप जिल्लाको संगमस्थल हो, सैलुङ । प्राकृतिक रुपमा निर्मित सयवटा थुम्काबाट सैलुङ बनेको छ । महाभारत पर्वतको अग्लो पहाड सैलुङ ३ हजार १ सय ४५ मीटरको उचाइमा अवस्थित छ ।

सैलुङबाट गौरीशंकर, गणेश हिमाल, अन्नपूर्ण, माछापुच्छ्रे लगायत हिमायलयहरुका मनोरम दृष्र्यावलोकन गर्न सकिन्छ ।

हिँउदमा हिँउले सेताम्मे देखिने प्राकृतिक दृष्यहरुले पर्यटकको मन लोभ्याउने गर्दछन् ।

विहानीपखको सूर्योदयसँगै प्राकृतिक, सांस्कृतिक, धार्मिक र पर्यटकीय दृष्टिकोणले यो महत्व बढ्दै गएको छ ।

चिसो मौशममा हिउँ पर्ने सैलुङ हिउँ खेल्न र प्राकृतिक मनोरम, जंगल तथा हिमालको दृश्यावलोकनको लागि पनि त्यतिकै रमणिय छ । हिन्दुहरु यस क्षेत्रलाई शिवको तपोभूमिको रुपमा लिन्छन् भने वौद्धधर्मालम्बिहरु बुद्धले पाइला टेकेको ठाउँको रुपमा लिने गर्छन् ।

सैलुङमा वुद्धले आएर तपश्या गरेको भन्ने बुद्धधर्मालम्बिहरुको विश्वास रहेको छ । सैलुङको डाँडोमा वुद्धले टेकेको ढुङ्गामा वुद्धको पाइलाको छाप छ भन्ने विश्वासका साथ वौद्धधर्मालम्बिहरु पूजा गर्न पुग्छन् ।

त्यस्तै डाँडामा आन्तिम संस्कार गर्दा मोक्ष प्राप्ति हुने पनि वौद्ध धर्मालम्बीहरुको विश्वास छ । यस हिसावले दुवै धर्म मान्ने मानिसहरुको सैलुङ पवित्र तिर्थस्थल बनेको छ ।

तपाईको प्रतिक्रिया