तेह्रौँ साग : उसुमा सुस्मिता तामाङलाई स्वर्ण

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
7 Shares
काठमाडौ

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आजदेखि शुरु भएको उसु खेलमा नेपालले महिला तर्फको थाइलोमा स्वर्ण प्राप्त गरेको छ  ।

लगनखेलस्थित आर्मीको कभर्डहलमा भएको खेलमा सुस्मिता तामाङले थाउलोमा स्वर्ण पदक हात पारेकी हुन्  ।

सुस्मिताले ९.४४ अङ्क जोड्दै स्वर्ण पदक सुरक्षित गरेकी थिइन् । उनले श्रीलङ्का र बङ्गलादेशका खेलाडीलाई पछि पारेकी थिइन् ।

सोही प्रतिस्पर्धामा श्रीलङ्काले ८.५५ अङ्क बटुल्दै दोस्रो भए, भने  ७.५३ अङ्क बटुलेको बङ्गलादेश तेस्रो स्थान रह्यो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका