तामाङ संघ कोरियाले जनवरी २४ मा ल्होछार मनाउने

रोशन फ्युबा, बैशाली लामा र लक्ष्मी स्याङ्तान ल्याउने

दक्षिण कोरिया

नेपाल तामाङ संघ, दक्षिण कोरियाले अगामी कोरियन चाडको सलनालको विदाको पहिलो दिन जनवरी २४ का दिन जिवा ल्हो (मुसा वर्ग)  सोनाम ल्होछार मनाउने भएको छ ।  संघले साँस्कृतिक कार्यक्रम गरी २८५६औं सोनाम ल्होछार राजधानी सउलमा मनाउने भएको हो ।

आइतबार संघले मूल आयोजक समिति गठन गर्दै बृहत रुपमा नेपालबाट सेलो र म्हेन्दोमाया क्षेत्रका कलाकारलाई उपस्थितिमा सांगीतिक रमझममा मनाउँने निर्णय गरेको छ । संस्थाको अध्यक्ष मेघप्रसाद तामाङको संयोजकत्वमा मूल आयोजक समितिको गठन गरिएको छ । मूल आयोजना समितिसंगै विभिन्न उपसमिति पनि गठन गरिएका छन् ।

त्यसैगरी संस्थाको संरक्षक सोम बहादुर तामाङ र सल्लाहकार रबिन तामाङ कार्यक्रम हल ब्यबस्थापन, महासचिब गोकुल थोकर प्रचारप्रसार विभाग, कोषाध्यक्ष मनोज कुमार वाइवा आर्थिक उपसमिति गठन गरेको छ ।

त्यस्तै कलाकार ब्यबस्थापन उपसमितिमा संस्थाको उपाध्यक्ष बुद्ध लामालाई चयन गरेको छ भने सल्लाहकार सञ्जीप कुमार गोले स्थानीय कलाकार व्यवस्थापन, स्वयंसेवक ब्यबस्थापनमा सदस्य सुरेश थोकरलाई चयन गरेको छ ।


ल्होछार सांगीतिक कार्यक्रममा नेपालबाट सेलो, म्हेन्दोमाया कलाकार रोशन फ्युबा तामाङ, भ्वाइस अफ इन्डिया र भ्वाइस अफ नेपालका चर्चित रियालिटी शोको उत्कृष्ट प्रतिस्पर्धी भारत सिकिमका बैशाली लामा र सेलो तथा म्हेन्दोमाया गायिका लक्ष्मी स्याङ्‌तान ल्याउने भएका छन् । साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुतिमा रहनेछन् ।

तपाईको प्रतिक्रिया