धनकुटाको भकारो सुधार कार्यक्रम प्रभावकारी

मानवी मोक्तान संवाददाता
0 Shares
धनकुटा
फोटो : फाइल

धनकुटा जिल्लाको छथरजोरपाटी गाउँपालिकाले सञ्चालन गरेको भकारो सुधार कार्यक्रम प्रभावकारी भएको छ ।

गाउँपालिकाले विभिन्न वडाहरुमा रहेको कृषक समूहहरुलाई आर्थिक वर्ष २०७४/२०७५ देखि एक घर एक गोठ सुधार कार्यक्रम ल्याएको थियो । पालिकाले मल मुत्र सङ्कलन ट्याङकी निर्माण गरी रसायनिक मल प्रयोग न्यूनीकरण गर्ने उद्देश्यले भकारो सुधार कार्यक्रम मार्फत किसानलाई प्रोत्साहन स्वरुप अनुदान वितरण गर्दै आइरहेको छ ।

किसानको घरमै भएको मल व्यवस्थापनका लागि पशुको थलो ढलन गर्ने, माल मुत्र सङ्कलनका लागि ट्याङकी तथा ड्रम ट्याङकी खरिद गर्न प्रतिव्यक्ति प्रोत्साहन स्वरुप नेपाल सरकारको नम्सबाट आएको ५२ सय रुपैयाँ गरी १० हजार रूपमा अनुदान प्रदान गर्दै आएको गापाका अध्यक्ष शेरबहादुर लिम्बुले बताए ।

आर्थिक वर्ष २०७४/२०७५मा गाउँपालिका भित्रका सबै वडामा १० वटा कृषक समूहलाई १० लाख रुपैयाँ वितरण गरिएको र गत आर्थिक वर्ष २०७५/२०७६मा पनि वडाका ८० घर धुरी किसानलाई ८ लाख रुपैयाँ वितरण गरेको अध्यक्ष लिम्बुले बताए ।

त्यसैगरी यसवर्ष पनि गोठ सुधार कार्यक्रम रहेको छथर जोरपाटी गाउँपालिकाले जनाए । प्रदेश नं १कै तरकारी उत्पादन हुने गाउँपालिका र जिल्लाकै दुग्ध उत्पादन गर्ने दुग्ध व्यवसायमा आत्मा निर्भर भएकाले यहाँ पालेका गाइबस्तुको मल खेर गइरहेको छन् । बाहिरी जिल्लाबाट कृषकले सुलि मल खरिद गर्दा गाउँपालिकाको करोडौं रुपैयाँ बाहिरिने गर्छन् । यहाँको गाईवस्तुको मल व्यवस्थापन गरी प्रयोग गर्नका लागि माल मुत्र सङ्कलन गर्ने कम्पनी घर निर्माणका लागि प्रयास भइरहेको गापाले जानकारी दिए ।

त्यस्तै गाउँपालिकाले गोठ सुधार कार्यक्रम मार्फत प्रदान गरिएको अनुदान लिएर छथरजोपाटि गाउपालिका- ५का छावा खोला कृषि समूह अध्यक्ष नव राज ओझाले पनि पशुको थलो ढलाई गरी मुत्र सङ्कलन ट्याङकि निर्माण गरेको छ । त्यतिकै खेर गइरहेको वस्तुको मुत्र सङ्कलन गरी रसायिनिक मलको ठाउमा मल मुत्र प्रयोग गरेर अर्गानिक खेती गर्न थालेपछि तरकारी उत्पादन सोचेभन्दा राम्रो भएको बताए । साथै बालीमा लाग्ने विभिन्न रोग तथा किरा समेत लाग्न छोडेको बताए ।

त्यसैगरी अर्का कृष सोही गाउपालिकाको- १ कृषक लोक बहादुर कार्कीले पनि गोठ सुधार कार्यक्रमको अनुदानवाट मुत्र सङ्कलनका लागि ट्याङ्की बनाएर अर्गानिक खेती गर्न थालेपछि सालमा २५ हजार साग बेच्छन् । अहिले २ देखि ३ लाखसम्मको साग बेच्न सफल भएको बताए ।

बारीको माटो समेत डल्ला नउठ्ने फुर्र परेको राम्रो भएर माटो समेत सुधार आएको उनको भनाइ छ । त्यस्तै अनुदान लिएका अन्य कृषकहरको पनि बन्दाकोपी, आलु, साग, मुला, धनिया, खेतीबाट राम्रो आम्दानी लिन सफल भएको कृषकहरू बताउछन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका