सुन तोलामा ८०० ले बढ्यो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौ

पछिल्लो दुई दिन स्थिर रहेको सुनको मूल्य तोलाको ८०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ७२ हजार २०० रुपैयाँ निर्धारण गरेको छ ।

आइतबार प्रतितोला ७१ हजार ६०० रुपैयाँ मा खरिदबिक्री भएको सुन सोमबार र मङ्गलबार ७१ हजार ४०० रुपैयाँमा कारोवार भएको थियो । महासङ्घले तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार ९०० रुपैया निर्धारण गरेको छ ।

आइतबार ७१ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको तेजाबी सुन सोमबार र मङ्गलबार प्रतितोला ७१ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

स्थानीय बजारमा सुनसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । सोमबार र मङ्गलबार प्रतितोला ८५० रुपैयाँमा खरिदबिक्री भइरहेको चाँदीको मूल्य बुधबार प्रतितोला ८६५ रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया