दोलखा र रामेछापको संगमस्थल शैलुङमा निर्माणाधीन अवस्थामा रहेका शैलुङ ज्याङछ्युब छ्योर्तेनका लागि मञ्जु मोक्तान तामाङले आर्थिक सहयोग गरेको छ ।
निर्माणाधीन छ्योर्तेनका लागि आफूले १० हजार ५० रुपैयाँ पठाएको जानकारी दिइन् । रोजगारको शिलसिलामा रहेकी मोक्तान सिन्धुपाल्चोक लिसंखुपाखर-४, अत्तरपुरकी हुन् । उनले विभिन्न रोगका बिरामीहरु, भूकम्प पीडित, बृद्धबृद्धालाई न्यानो कपडा लगायतमा सहयोग गर्दै आइरहेकी छिन् । लेबनानबाट मोक्तानले शैलुङ रिगसुम गोन्पो सेवा समाजका महासचिव कुमार थोकरलाई पठाएको बताइन् ।
समाजले सैलुङमा ५३ फिट लामो शैलुङ ज्याङछ्युब छ्योतेन निर्माण गरिहेको छ । अहिलेसम्म सबैजनाको सहयोगले नै करिब ९० प्रतिशत काम सम्पन्न भएको छ ।
झन्डै एक दशक अघि रोजगारीका लागि लेबनान पुगेकी मोक्तानले दोलखा शैलुङ गाउँपालिका-१,का सरस्वती आधारभूत विद्यालयका २ छात्रालाई गत मंसिरमा आफ्नो जन्मदिन पारेर छात्रवृत्ति समेत प्रदान गरेकी थिइन् ।