सप्तरीमा आगलागी

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
सप्तरी

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा आज आगलागी हुँदा चार घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।

कङ्कालिनी–३ पोर्ताहा बस्ने शिवनारायण भिन्दवारको घरमा विद्युत् चुहावट भई आगलागी हुँदा भिन्दवारसहित मनोज पघैया, विनोद पघैया र श्याम शर्माको घर जलेर नष्ट भएको सप्तरी प्रहरीले जनाएको छ ।

घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपातसमेत जलेर नष्ट हुँदा १० लाख २३ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

नगरपालिकाको वारुणयन्त्रको सहयोगमा इलाका प्रहरी कार्यालय भारदह, सशस्त्र प्रहरी बल भारदह र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका