विमानस्थल पूर्वाधारमा ध्यान

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
पोखरा, कास्की

समयमै काम भएको भए गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसक्नुपर्ने थियो । विगतमा दिशाहीन अवस्थामा रहे पनि अहिले गति लिएकाले ९० प्रतिशतमाथि प्रगति छ । भवितव्य नपरे आगामी मार्चबाट सञ्चालनको तयारी छ ।

पोखराको क्षेत्रीय विमानस्थलको काम ५५ प्रतिशत पूरा भइसकेकाले सन् २०२० को डिसेम्बरसम्ममा सक्ने योजना छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको काम चलिरहेको छ ।

‘कसरी यात्रुमैत्री सेवा बनाउन सकिन्छ र प्रविधिमैत्री बनाउन सकिन्छ भनेर काम अघि बढाएका छौँ, निजगढ विमान००स्थलको पनि निर्माण कार्य छिट्टै अगाडि बढ्ने छ, प्रधानमन्त्रीको स्वास्थ्यलाभ पछि बस्ने् मन्त्रिपरिषद् बैठकमा एउटा ब्रेक थ्रो हुनेछ’, मन्त्री भट्टाईले भन्छन् ।

मुलुकको पर्यकट घुम्ने ठाउँको बाटाघाटाको अवस्था अझै सन्तोषजनक छैन । सरकारले सुधारको काम गरिरहेको छ । भ्रमण वर्षमा एउटा विदेशीले एउटा नेपाली पठाउने योजना अघि बढाउनसमेत सरकारले विदेशमा रहेका नेपालीलाई आग्रह गरेको छ । पर्यटन सचिव केदारबहादुर अधिकारीले हवाई सेवाको विस्तार गरेर अघि बढेको र कतिपय एयरलाइन्सले थालनीसमेत गरिसकेको बताए ।

नेपालले १९९८ मा भिजिट नेपाल आयोजना गरेको र सन् २०११ मा पर्यटनका लागि सँगसँगै नारा तय गरेर भ्रमण वर्ष आयोजना गरेको थियो । यो वर्ष ‘लाइफटाइम एक्सपिरियन्स’ भन्ने नारा तय गरी नेपाल भ्रमण वर्ष २०२० आयोजना गर्न लागिएको छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार नेपालमा पर्वतीय पर्यटन मात्रै छ भन्ने बुझाइ छ तर यहाँको विविधताअनुसार वर्षेभरि पर्यटक आउन सक्ने छन् भनेर उक्त ‘लाइफटाइम एक्सपिरियन्स’ नारा तय भएको जोशी बताउँछन् । उनले अहिले भ्रमण वर्षको प्रचारप्रसारका कार्यक्रम तीव्र पारिएको बताए ।

भारत र चीनसँगै नयाँ बजार भियतनाम, कम्बोडिया, म्यान्मामा समेत प्रचारात्मक कार्यक्रम केन्द्रित गरिएको छ । उहाँले अहिलेको अवस्थामा २५ लाख पर्यटक राख्न सक्ने क्षमता नेपालमा भइसकेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया