पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट भइरहेको छ ।
बुधबार र बिहीबार लगातार ओरालो लागेको सुनको मूल्य साताको अन्तिम दिन आज पनि प्रतितोला ३०० रुपैयाँले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार ७०० रुपैयाँ तोकेको छ ।
बिहीबार छापावाला सुन प्रतितोला ७२ हजार रुपैयाँँमा खरिदबिक्री भएको थियो । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ । बिहीबार तेजाबी सुन प्रतितोला ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने यथावत् रहेको छ । शुक्रबार चाँदी प्रतितोला ८५० रुपैयाँमा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ ।