चलचित्र सरौतोको प्रदर्शन जापानमा

राम तामाङ
राम तामाङ संम्वाददाता
जापान

गत साताबाट प्रदर्शनमा आएका चलचित्र सरौतो हाल नेपालको विभिन्न सिनेमा हलहरुमा भब्य प्रदर्शन भैरहेको छ । छायाँकार हरि हुमागाईंको ‘डेब्यु’ निर्देशनमा बनेको चलचित्र सरौतो जापानको विभिन्न शहरहरुमा प्रदर्शन हुने भएको छ ।

(LHASSO EVEREST INTERNATIONAL GOUDOU KAISHA) को आयोजनामा हुन लागेको उक्त चलचित्र जापानको प्रमुख शहरहरु टोकियो ,नागोया लगायत अन्य शहरहरुमा प्रदर्शन गरिने भएको छ । चलचित्र सरौतो नागोयामा भने यहि आउदो जनवरी ४ तारिखक दिन नागोया स्थित नागोया सिटी प्रदर्शन कला सेन्टरमा प्रदर्शन हुने भएको छ । चलचित्र संगै चलचित्रको मुख्य पात्र नायिका सुमी मोक्तान पनि जापान आउने भएकी छिन । सुन्दरी नायिका सुमी संगै चलचित्र हेर्ने अबसर जापानबासि नेपालीहरुले पाउने छन् । साथै उक्त कार्यक्रममा सांगीतिक प्रस्तुति पनि रहने आयोजकले जानकारी दिए । आउदै गरेको अंग्रेजी नयाँ बर्षलाई मध्यनजरमा राखी एउटै कार्यक्रममा दुई वटा कार्यक्रम समेटेको बताउछन् कार्यक्रमका संयोजक राजिब लामा ।

‘ नयाँ बर्षमा उमंगको साथ नेपाली पाराले हेर्छौ अनि नॉच्छौ ’ भन्ने नाम दिएको उक्त कार्यक्रममा सुरुमा चलचित्र प्रदर्शन गरिने र त्यसपछि सांगीतिक कार्यक्रम राखिने बताईएको छ । उक्त सांगीतिक कार्यक्रममा गायक राजिब लामा ,र्यापर समिर तिमल्सिना , डिजे सुस्यंग र दि ब्रोदर्स ब्याण्डको प्रस्तुति रहने छ ।

राघव कृष्ण गौतको लेखन ,उत्तम हुमागाईंको छायांकन ,निमेष श्रेष्ठको सम्पादन रहेको चलचित्रमा सुमी र सन्नी संगै बिजय लामा ,युबराज लामा ,धिरेन शाक्य ,आमिर गौतम ,अरुण कार्की ,सुवाम शाह ,लियो ट्यांक ,मनिषा पुनमगर ,प्रतिक दुलाल ,राजेश रोय ,मनोज लामालगायतको अभिनय छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका