दोस्रो मेयरकपमा धनुषाको विजयी

म्यान अफ दि म्याच धनुषाका रञ्जित आले

सर्लाही, हरिवन

सर्लाहीको हरिवनमा जारी प्रदेश नम्बर २ स्तरीय दोस्रो हरिवन मेयरकपको शुक्रबारको खेलमा धनुषा जिल्ला विजयी भएको छ । हरिवन १० स्थित सुखेपोखरी खेल मैदानमा जारी शुक्रबारको खेलमा धनुषा जिल्लाले रौतहटलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

खेलको मध्यन्तरसम्म दुबै टिमले गोल रहित बराबारी खेलेका थिए । दोस्रो हाफ लगत्तै दुबै टिमले खेलमा केही सुधार्दै आक्रमक रुपमा प्रस्तुत भएका थिए ।

दुबै टिम सशक्तरुपमा प्रस्तुत भएपछि केही राम्रा अबसर पनि सिर्जना गरे । खेलको ६६ औं मिनेटमा रौतहटका खेलाडीले धनुषाका खेलाडीलाई डिबक्स भित्र लडाउन पुगेपछि धनुषाले पेनाल्टीको राम्रो अबसर प्राप्त गरे । सोही अबसरलाई धनुषाका खेलाडी जनक कार्कीले सोझै बललाई जाली चुमाउन सफल भए । खेलको ७४ औं मिनेटमा रौतहटका खेलाडीले बललाई अगाडी बढाउने क्रममा डिबक्स भित्र हातमा तानेर लडाएपछि रौतहटलाई पनि खेलमा फर्किन पेनाल्टीको राम्रो अबसर पाए र रौतहटका उज्ज्वल भण्डारीले गोल गरे । खेल १-१ को बराबरीमा पुगेको थियो ।

निकै रोमाञ्चक खेलको अन्तिममा रौतहटका खेलाडीले सम्हालेर खेल्न नसक्दा अर्को गोल खान पुगे । गोल किपर र खेलाडी बीच तालमेल नमिल्दा झुक्किन पुगेपछि मौकाको फाईदा उठाउदै धनुषाको रञ्जित आलेले एक गोल गरे  । अन्तत २-१ को नतिजा निकाल्दै धनुषाले खेलमा जित निकाले ।

खेलको म्यान अफ दि म्याच निर्णायक गोल गर्ने धनुषाका रञ्जित आले भए । उनले नगद ५ हजार प्राप्त गरे । भोलि (शनिबार)को खेल भने बाराको विरुद्ध सर्लाही रातो बीच हुने खेल संयोजक विप्लव कार्कीले जानकारी गराए । अब धनुषाले १५ गते प्रतियोगिताको पहिलो सेमिफाइनलमा सर्लाही निलोसँग भिड्नेछन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका