विश्व युवा सङ्गठनको उपाध्यक्षमा युवासङ्घ  

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

विश्व प्रजातान्त्रिक युवा सङ्गठन (डब्लुएफडीवाई)को उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा सङ्घ नेपाल निर्वाचित भएको छ । साइप्रसमा भएको सङ्गठनको २०औँ अन्तरराष्ट्रिय सम्मेलनले सङ्घलाई उपाध्यक्षमा निर्वाचित गरेको सङ्घका केन्द्रीय सदस्य नरेश शाहीले जानकारी दिए ।

सङ्घको प्रतिनिधित्व गर्दै सुन्दर भुसाललाई उपाध्यक्षको जिम्मेवारी बहन गर्न प्रतिनिधिको रूपमा पठाइएको छ । भुसाल यसअघि सङ्गठनको एशिया प्यासिफिकको उपाध्यक्षसमेत रहेको थियो । यही डिसेम्बर २ देखि ७ गतेसम्म चलेको सम्मेलनमा विश्वका ६३ देशका ९५ युवा सङ्गठन सहभागी थिए ।

सङ्गठनमा नेपालको तर्फबाट नेकपा निकट अनेरास्ववियु र युवासङ्घ सदस्य रहेका छन् । नेपालले सम्मेलनमा सन् १९९३ बाट सहभागिता जनाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया