दि भ्वाइस अफ सिजन-२,का विजेता बने लिम्बु

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौ

झापा बिर्तामोडका राम लिम्बु रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन-२’का विजेता बनेको छ । बिजेता लिम्बुले कार, १२ लाख रुपैयाँ नगद, विश्व साङ्गीतिक यात्रा र नि:शुल्क म्युजिक भिडियो लगायतको अवसर पाएको छ ।

टीम प्रमोद रहेका लिम्बुले शनिबार चुच्चेपाटीस्थित ह्यात ग्राउण्डमा भएको फिनालेबाट बिजेता घोषित भएका थिए । उक्त शो हिमालय टेलिभिजनबाट प्रशारण हुँदै आएको छ । लिम्बु दर्शकहरूले गरेको भोटका आधारमा विजयी भएका थिए ।

गत साउनदेखि शुरु भएको रियालिटी शोमा ब्लाइण्ड, ब्याटल, नकआउट हुँदै लाइभ राउण्डसम्म आउँदा १२ प्रतिस्पर्धी थिए । तीनै १२ जनाबाट ग्राण्ड फिनालेका लागि ४ चुनिएका थिए ।

बिजेतासँगै फाइनलमा कोच दिपबाट विकास लिम्बु, कोच आस्थाबाट आरिफ राउफ, कोच राजुबाट सनिस श्रेष्ठ छनोट भएका थिए ।


तपाईको प्रतिक्रिया