भ्रमण वर्षलाई पत्रकार नोयलले सहयोग गर्ने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

क्रिस्टोफर फाउण्डेशन नामक संस्थाले भ्रमण वर्ष–२०२० सफल बनाउन सहयोग गर्ने भएको छ ।

फाउण्डेशनद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष क्रिस्टोफर नोयलले भ्रमण वर्षमा नेपालमा २० लाख पर्यटक भित्र््याउन सरकारलाई सहयोग गर्ने जानकारी दिए । अन्तरराष्ट्रिय क्षेत्रमा मिडिया रिलेशनसीपमा सो संस्था स्थापना भएको हो । संस्थाका अध्यक्ष नोयल अमेरिकन लेखक तथा पत्रकार हुन् ।

सो अवसरमा उनले आफूले नेपालका प्राकृतिक सुन्दरता, हिमालको अध्ययन तथा अनुसन्धान गरेको अनुभव सुनाउँदै नेपाल भ्रमण वर्षमा धेरै पर्यटक भित्र्याउन सकिने बताए ।

उनले भने, ‘अगामी दिनमा नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्नुपर्छ । हिमालका बारेमा थप प्रचारप्रसारको खाँचो रहेको छ ।’


तपाईको प्रतिक्रिया

पत्रपत्रिका