सङ्घर्षपूर्ण जीतसँगै नेपाल फाइनलमा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौ
तस्वीर : प्रदीपराज वन्त / रासस

तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग) को पुरुष फुटबल प्रतियोगिताको फाइनलमा नेपाल पुगेको छ ।

आइतबार काठमाडौस्थित दशरथ रङ्गशाला भएको खेलमा बङ्गलादेशलाई ० का विरुद्ध १ गोल गर्दै फाइनल प्रवेश गरेको हो । खेल शुरु भएको ११ औं मिनेटमा नेपालका खेलाडी सुनिल बलले गरेको गोलनै निर्णय भएको थियो ।

आजको खेलमा नेपाललाई जित्नै पर्ने दबाब थियो । रक्षात्मक खेलेका नेपालले बङ्गलादेशलाई रोक्न सफल हुँदै फाइनलमा स्थान पक्का बनाए । खेल शुरु हुने बित्तिकै गोल खाएको विपक्षी टोलीको जादु चलाउन सकेन, यद्यपि बङ्गलादेशको कास्य भने सुरक्षित छन् ।

खेलको अन्त्यतिर दोहोर पहेँलो कार्ड पाएका खेलाडी जमल भुयन मैदान बाहिरिएपछि बङ्गलादेशी टोली १० खेलाडीमा सीमित भएका थिए ।


मंगलबार हुने फाइनलमा भुटानलाई हराउँदै १२ औँ सागका बिजेता नेपाल पुनः स्वर्ण जित्ने दाउमा छन् । भने फाइनल पुगेर इतिहास रचेका भुटानलाई स्वर्ण जितेर अर्को इतिहास थप्न आतुर देखिन्छ ।

तपाईको प्रतिक्रिया