भाडा विषयमा ज्ञापनपत्र

रसुवा

पासाङल्हामु राजमार्ग अन्र्तगत रसुवा, नुवाकोट हुँदै काठमाडौं चल्ने विभित्र यातायात व्यवसायीहरूले मनोमानी भाडा उठाएको विषयलाई लिएर प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएका छन् ।

जिल्लामा सक्रिय विद्यार्थी संगठनहरूले विद्यार्थीले परिचय पत्रको छुट नदिएको र चर्काे भाडाको विषयलाई लिएर वार्ता संवादबाट संशोधन गरियोस् भन्दै प्रजिअ ज्ञापन पत्र बुझाएको हो ।

सुपर र एसी डिलक्सको नाममा अतिरिक्त सेवा शुल्क असुल्ने, परिचयपत्र बापतको छुट राज्यको नियम अनुसार प्रदान गरियोस राज्यको नीति तथा मापदण्ड विपरित गरिएको मनोमानी भाडा असुली बन्द गरियोस जस्ता माग राखिएको छ ।

तपाईको प्रतिक्रिया