लिविया सेना पठाउन तयार छु : राष्ट्रपति एर्दोगान

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares

टर्कीले माग भएमा आफ्नो सेनालाई लिविया पठाउन तयार भएको मङ्गलबार जनाएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले विश्व समुदायद्वारा मान्यताप्राप्त लिवियाली सरकारलाई सहयोग गर्न यदि लिवियाली उच्च अधिकारीद्वारा आग्रह भएमा आफ्नो सेनालाई लिविया पठाउन तयार रहेको बताएको हो ।

हामीबाट सहयोगको अपेक्षासहित माग भएमा टर्कीले आवश्यक सेना तथा सैन्य सहयोग लिविया पठाउन तयार छ,राष्ट्रपति एर्दोगानले, भने। गत महिना लिवियासँग सैन्य सुरक्षा सहमति गरेको टर्कीले आवश्यकताअनुसार लिवियालाई सघाउन चासो देखाएको हो ।

लिवियामा सन् २०१४ मा शुरू भएको गृहयुद्धका कारण हजारौँ नागरिकले ज्यान गुमाएका छन् । भने द्वन्द्वका कारण ठूलो सङ्ख्यामा नागरिकहरू विस्थापित भएका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका