जिफण्ट साउदीले श्रमिक सुरक्षा तथा सचेतना कार्यक्रम गर्ने

नवराज तामाङ
नवराज तामाङ
7 Shares
दमाम, साउदी
तस्वीर : फाइल

जिफण्ट सहयोग समूह साउदी अरेबियाले अन्तर्राष्ट्रिय प्रवासी दिवस श्रमिक सुरक्षा तथा सचेतना कार्यक्रम गरि मनाउने भएको छ ।

जिफण्ट साउदीले यही डिसेम्बर २० तारिख शुक्रबार दमामस्थित पारागन रेस्टुरेण्टमा कार्यक्रमको आयोजना गर्न लागिएको अध्यक्ष बुद्धिमान विश्वकर्माले जानकारी दिए । श्रमिकहरू खुलेर आफ्ना समस्या सम्बन्धित निकायका प्रतिनिधिसामु राख्न सकियोस् भन्ने हेतुले कार्यक्रमको तीब्र तयारी लागेको अध्यक्ष विश्वकर्माले बताए ।

अपराह्न १२.०० बजेबाट साँझ ६ बजेसम्म हुने कार्यक्रम अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसर पारेर आयोजना गर्न लागिएको जिफण्ट साउदीका संरक्षक शम्सेर तामाङ(कृष्ण)ले बताए । संरक्षक तामाङका अनुसार दिवस डिसेम्बर १८ तारिख बुधबार हो । साउदीमा शुक्रबार सार्वजनिक बिदा हुने भएकोले श्रमिकहरुलाई मध्यनजर गरेर शुक्रबार कार्यक्रम गर्न लागिएको हो, तामाङले भने ।

जिफण्ट साउदीका बरिस्ठ उपाध्यक्ष अजित राईले श्रमिकहरुले आफूलाई भएको समस्याका बारेमा सत्यता राख्नुपर्ने बताए । विविध कारण पीडित भएका साउदीमै छन्,’सो इच्छाले पीडित भएकाहरू नेपाल पुगिसके’उपाध्यक्ष राईले भने । जिफण्टले गर्ने कार्यक्रमको मुल उदेश्य भनेको पीडितहरुको पहिचान गरी सम्बन्धी निकायको साझेदारीमा उद्धार गर्नु रहेको उनको भनाइ छ ।

नेकपा निकट मानिने मजदुर सङ्गठन नेपाल ट्रेड युनियन महासङ्घका प्रवास कमिटी जिफण्ट सहयोग समूह साउदीको सन् २०१६ मा गठन गरिएका थिए ।

अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस डिसेम्बर १८ तारिखमा विश्वभर एकै साथ प्रवासमा रहेका श्रमिकहरू एक ढिक्का भई विभिन्न कार्यक्रम गरी मनाइने गर्छ ।

तपाईको प्रतिक्रिया