बीर बिक्रम-२ जापानको १२ शहरमा

एलिसा रसाइली
एलिसा रसाइली
7 Shares
जापान

नेपालमा ब्यवसायिक रुपमा सफल चलचित्र बीर बिक्रम–२ जापानको बिभिन्न हलमा ग्राण्ड प्रिमियर हुने भएको छ ।

दर्शकहरुबाट राम्रो प्रतिक्रिया बटुल्न सफल चलचित्र जापानको तेश्रो ठुलो शहर नागोया लगायत अन्य १२ शहरहरुमा ग्राण्ड प्रिमियर हुने आयोजकले जानकारी दिए ।

नाकामाज म्यूजिकल ब्यान्डको आयोजनामा हुन लागेको उक्त प्रिमियर शो जापानको नागोयामा पहिलो पटक जापानीहरुको फिल्म हलमा प्रिमियर शो हुने भएको छ । आगामी २८ जुलाई र ३१ जुलाईमा नेपालीहरुको जमघट हुने स्थान ,नागोयाको मुटु मानिने फुसुमी स्थित मिलियन हलमा चलचित्रको प्रिमियर शो हुने भएको छ ।

नागोयाबासी नेपालीहरुको व्यस्ततालाई मध्यनजरमा राखी चलचित्रको प्रिमिएर शो दुई दिन राखेको छ । जसले गर्दा एक दिन समय नमिल्दा अर्को दिन समय मिलाएर दर्शकहरु आउने आयोजकले बताए । साथै यस चलचित्रलाई इतिहासमै पहिलो पटक जापानमा नेपाली चलचित्रको जापानी भाषामा पनि अनुवाद गरेर देखाउने भएको छ । यसले गर्दा चलचित्र हेर्नको लागि नेपाली दर्शकहरु सहित जापानीहरु पनि आउने आयोजकको दाबी छ ।

चलचित्रसँगै नायक पल शाह, नायिका वर्षा शिवाकोटी, बुद्धी तामाङ, क्षितिज सुबेदी ‘कागे डन’, नाजिर हुसेन र चलचित्रका निर्देशक मिलन चाम्स जापान आउने भएका छन् । पहिलो पटक एकै चलचित्रका ५ जना कलाकारहरुसँगै बसेर जापानबासी नेपाली दर्शकहरुले चलचित्र हेर्न पाउने छन् ।

मिलन चाम्स निर्देशित यो चलचित्रको कार्यकारी निर्माता अर्पण सापकोटा हुन् । चलचित्रमा पल शाह, वर्षा शिवाकोटी, बुद्धी तामाङ, क्षितिज सुबेदी ‘कागे डन’ र नाजिर हुसेनको अलावा देशभक्त खनाल, बिनिषा भण्डारी, मनिष लिम्बु,कृजन गौतम र सौरभ शाह लगायतका कलाकारहरुको अभिनय रहेका छन् ।

नागोयाको प्रिमियर शोपछि टोकियो, सेन्दाई, निगाता लगायतका १२ शहरहरुमा पनि हुनेछ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया