पासाङ ल्हामु सडक मार्गमा चेकपोष्ट

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
0 Shares
रसुवा

रसुवाको पासाङ ल्हामु सडक मार्ग जिरो पोइण्टमा टिम्स चेकपोष्ट सुरुवात गरिएको छ ।

उत्तरगया गाउँपालिका-५, जिरो पोइण्टमा बन्न लागेको टिम्स चेक पोष्ट पालिका प्रमुख उपेन्द्र लम्सालले उद्घाटन गरेको हो । जिरो पोइण्टमा चेकपोष्ट स्थापना गर्दा उपयुक्त हुने भएकाले सञ्चालनमा ल्याइएको पालिका प्रमुख लम्सालले जानकारी दिए ।

उद्धघाटनमा टानका अध्यक्ष खुम बहादुर सुवेदी, उपाध्यक्ष ऋतु गमदान कार्यसमिति सदस्य सनम शेर्पा, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन शर्मा, पर्यटन सहायक निरीक्षक सुबिदार यादव, प्रहरी हवल्दार अकल योञ्जन, प्रहरी जवान पर्शुराम दाहाल र हाईलाईटस टुरिजमका प्रतिनिधि लाल गुरुङको उपस्थितिरहेको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका