रसुवागढी नाका भूकम्पपछि एकमात्र नाकाको रुपमा चर्चा परिचर्चा भइरहेका कारण नेपालीको आकर्षण केन्द्र बनेको छ ।
माइती नेपाल रसुवा तथ्याङ्क अनुसार रसुवाकी तीन सय किशोरी चीनको केरुङमा विभिन्न पेशामा कार्यरत छिन् । सीमा क्षेत्रका नेपालीलाई केरुङ प्रवेश गर्न खर्च कम, राहदानी बनाउन नपर्ने, झञ्झट कम हुने र प्रशस्त कमाई भएका कारण किशोरी तथा महिला त्यसतर्फ आकर्षित भई यार्सा, राम्चे, सरमथली, हाकु, थुमन, डाँडागाउँ लगायतका ठाउँहरुबाट किशोरीहरू पुग्ने गर्छिन् ।
माइती नेपाल रसुवाकी संयोजक लालुमाया घलेकी अनुसार ४४ जना २० वर्षभन्दा कम उमेरकी किशोरीहरुलाई परामर्श दिई केरुङ जान रोक लगाइएको छ । घलेले उनीहरूलाई उमेर नपुगेर कारण रोकेकी बताइन् । उमेर पुगेकी ६ सय २९ किशोरीहरुलाई रसुवागढी नाकामा परामर्श दिइरहेको घलेले जानकारी दिइन् ।’ तीन सय ३८ किशोरी ओहोरदोहोर गरिरहेकी छिन्,भने चोर बाटो अपनाएर आउनेजाने गरेकी नाकामा तथ्याङ्क छैन । केरुङ पुगेर काम गर्ने करिब ३ सय जना किशोरी रसुवाकै छिन् ।
केरुङ पुगेकी किशोरीहरू होटल, डान्सबार तथा रेष्टुरेण्टमा काम गर्छिन् । उनीहरूको असुरक्षित रहेको तथ्याङ्कले बताइरहेको छ, भने कक्षा ८ देखि १२ कक्षा पढ्ने किशोरीहरू रोजगारीकै आशामा केरुङ पुग्छिन् । केरुङमा २५ वटा भट्टी पसल, ४०० वटा होटल र तीनवटा डान्सबार सञ्चालनमा छन् । महिनाको १५ हजारदेखि ३० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको किशोरहरू बताउँछिन् ।
पहिले भारतका कोठीहरुमा बेचिन्थे भन्ने सुनिन्थ्यो तर खुलेआम केरुङ पुगेका अधिकांश किशोरीहरू जोखिममा रहेका छन् । भने देह व्यापारमा समेत लगाइने गरेको त्यहाँका एक व्यवसायीले नाम नबताउने सर्तमा बताए । माइती नेपाल रसुवाले पनि टिमुरेस्थित रसुवागढी नाकामा नै परामर्श डेक्स राखेर सक्दो काम गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालयको सहयोगमा माइती नेपालले जनचेतनामूलक कामहरू जिल्ला, नगरपालिका, गाउँपालिका, वडा र टोलटोलमा पुर्याइरहेका छन् ।