नुवाकोटमै सक्रिय शाहीको कोसेली

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
नुवाकोट

गायक शैलेश शाहीको पछिल्लो कोसेली भरखरै बजारमा आएको छ । गायक स्वयंको शब्द, संगीत र स्वरमा सक्दिन किन किन .. बोलको आधुनिक पप गीत आएको हो ।

गीतको एरेन्ज पवनवाङ लामाले गरेका छन् । प्रमोद श्रेष्ठको छायांकन र निर्देशनमा बनेको उक्त गीतको भिडियोमा दिप्ती गोम्जा र रमेश बिश्वकर्माले अभिनय गरेका हुन् ।

पोखराको रमणीय स्थलहरुमा दृश्य कैद गरिएको छ । सुरज लामाले सम्पादन गरेको भिडियोमा एक प्रेमिल जोडीको भुल्नै नसकिएको माया देखाइएको छ । तर आकस्मिक ब्रेकअपले दूरी टाढा बनाएपनि भुल्न नसकिएको व्याख्या गरिएको छ ।

नुवाकोट त्रिशूली कोलोनी निवासी गायक शाहीले यसअघि क्या राम्री माइच्याङ, सुरुवात कसरी गरौँ म, माथि माथि लेकतिर सहित दर्जन गीत श्रोता/दर्शकमाझ ल्याइसकेका छन् । क्षितिज ब्याण्डको सदस्य भएर सांगीतिक क्षेत्र प्रवेश गरेका शाहीले नुवाकोटमा नै रहेर बिबिध महोत्सव र सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिदै आइरहेका छन् ।

तपाईको प्रतिक्रिया