कोरियामा पनि ‘बीर विक्रम २’ प्रदर्शन हुने

दक्षिण कोरिया

नेपाली चलचित्र ‘बीर विक्रम २’ कोरियाको राजधानी सउलमा प्रदर्शन गर्न लागेको छ । चितवन सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा जुलाई १४ मा दोङदेमुनमा प्रदर्शन गर्ने भएको हो ।

समितिले कोरियामा संचालित आवासीय ‘चितवन घर’ सहयोगार्थको लागि चलचित्र दर्शकमाझ देखाउन लागेको जानएको छ । समितिले विगत लामो समयदेखि कोरियाको सहर छनान स्टेशन नजिकै ‘चितवन घर’ नामक सामूहिक बसोबास स्थान ‘सेल्टर’ संचालनमा छ । यसैको व्यवस्थापनको लागि सो चलचित्र प्रदर्शन गर्न लागेको समितिका अध्यक्ष लिलाकान्त महतोले बताए ।

चलचित्रमा नायक पल शाह, अभिनेता बुद्धि तामाङ, नाजिर हुसेन, नायिका बर्षा सिवाकोटी, देशभक्त खनाल लगायतका कलाकारहरको अभिनय रहेका छन् । चलचित्रले देशभर सकारात्मक व्यपार र दर्शकको मन जित्न सफल भएको थियो । ‘बीर विक्रम २’ विदेशमा प्रदर्शनको लहरै लागेको छ । जुलाईमै जापानमा १२ सहरमा प्रदर्शन गर्ने तयारी गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया