संघीय समाजवादी (फोरम) र नयाँ शक्तिबीच पार्टी एकता गर्ने सहमति पत्रमा शनिबार हस्ताक्षर गरेको छ । पार्टी एकताको घोषणासभा वैशाख २३ मा नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा हुनेछ ।
फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमति पत्रमा लेखिएको छ– ‘विगत केही समयदेखिको व्यापक छलफल र विचार विमर्शपछि दुई पार्टीबीच पार्टी एकीकरण गरी समाजवादी पार्टी नेपाल पार्टी निर्माण गर्ने ऐतिहासिक सहमति भएको छ ।’
दुवै पार्टी एकतापछि पार्टीको नाम समाजवादी पार्टी नेपाल रहने छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1