चेतकी लक्ष्मी पुरस्कार घोषणा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडौ

नेपाली भाषा, साहित्य र साहित्यिक पत्रकारिता, इतिहास, संस्कृति, दर्शन, ललितकला र विज्ञान प्रविधिको क्षेत्रमा विगत १८ वर्षदेखि योगदान गर्दै आएको चेतकी राज्यलक्ष्मी कार्की स्मृति विज्ञान तथा प्रविधि प्रतिष्ठानले ‘चेतकी प्रज्ञा पुरस्कार–सम्मान तथा सुश्री लक्ष्मी कार्की स्मृति साहित्यिक पत्रकारिता पुरस्कार’ घोषणा गरेको छ ।

जसअनुसार इतिहासतर्फ चेतकी प्रज्ञा पुरस्कार–सम्मान ‘संशोधन मण्डल’ र संस्कृतितर्फ प्रा.डा. जगमान गुरुङलाई प्रदान गर्ने भएको छ । यी दुवै पुरस्कार सम्मान ५०/५० हजार रुपैयाँ राशी रहेको छ ।

त्यसैगरी दर्शनतर्फ चेतकी प्रज्ञा पुरस्कार–सम्मान प्रा.डा. दीर्घराज घिमिरे र प्रा.डा. शंकर थापा, ललितकला तर्फ प्राज्ञ केके कर्माचार्य र नेपाली भाषा तर्फ प्रा.डा. चुडामणि बन्धुलाई प्रदान गर्ने भएको छ । यी पुरस्कारको सम्मान राशि ३०/३० हजार रुपैयाँ रहेको छ ।

सुश्री लक्ष्मी कार्की स्मृति साहित्यिक पत्रकारिता पुरस्कार चेतनाथ धमला -प्रधान सम्पादक–कौशिकी, शब्द संयोजन, नवप्रज्ञापन, संगम अभियान र श्रृङ्खलालाई प्रदान गर्ने भएको छ । उक्त पुरस्कार–सम्मानको राशि ३०/३० हजार रुपैयाँ रहेका छन् ।
प्रतिष्ठानले स्कुल र विश्वविद्यालयमा अध्ययन गर्ने २१ जना विद्यार्थीलाई चेतकी राज्यलक्ष्मी छात्रावृति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानका महासचिव तथा लेखक युवराजसिंह कार्कीद्वारा जारी विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया