ट्राफिक नियम मिच्नेलाई सुन्दरीले दिइन् चकलेट

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
इटहरी

इटहरी र मिस पुर्वान्चल २०१९ का २० जना प्रतियोगीहरु बिहिबार दिउँसो कोहि इटहरी चोकमा पैदल यात्रीहरुलाई जेब्रा क्रसिंगमा हिड्न सिकाउदै थिइन् । भने कोहि हेल्मेटको तुना नलगाई बाइक कुदाउनेलाइ तुना लगाएर हिडनुपर्छ भन्दै सिकाउँदै थिइन् ।

प्रतियोगीहरुलाई विभिन्न तालिम दिने क्रममा ट्राफिक सचेतना सम्बन्धि तालिम दिदै एकदिन स्वयमसेवकको रुपमा ट्राफिक प्रहरीहरुसँगै खटाईएको थियो । ट्राफिक प्रहरीको अगुवाइमा प्रतियोगीहरु बिरेन्द्र चोक, पश्चिम लाइन, पुर्व लाइन र बिराटनगर लाइनमा खटिएका थिए । उनीहरुले ६० जना जति नियम मिच्ने सवारी चालकहरुलाई फेरि यस्तो नगर्न र सम्भावित दुर्घटना बाट बच्नको लागि अनुरोध गर्दै सबैलाई चकलेट वितरण गरेका थिए ।

एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयको समन्वयमा पुर्वान्चल लुब्रिकेन्ट्स ,बिराटचोकको सहयोगमा इटहरीमा गरिएको ट्राफिक सचेतना कार्यक्रम अघि प्रतियोगीहरुलाई १ न. प्रदेश ट्राफिक कार्यालय प्रमुख प्रहरी उपरीक्षक भिम बहादुर दाहाल र प्रहरी निरीक्षक होमनाथ दाहालले ट्राफिक नियम सम्बधि तालीम दिएको थियो ।

तपाईको प्रतिक्रिया