गैरआवासीय नेपाली सोसल क्लब ओमनको पाँचौ महाधिवेशन सम्पन्न भएको छ । क्लबको महाधिवेशन शुक्रबार ओमानको राजधानी मस्कटस्थित अल फलाज होटल दार्सेटमा सम्पन्न भएको हो । उक्त महाधिवेशनबाट सेवन्त पुर्जा पुनको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन भएको छ ।
कार्यसमितिका प्रथम उपाध्यक्षमा पूर्ण बहादुर श्रेष्ठ, द्वितीय उपाध्यक्ष विकल झा, महासचिव रविन शिल्पकार, सचिवमा भरत अधिकारी, कोषाध्यक्ष महेश चौधरी,सहकोषाध्यक्ष रामहरी गिरी, प्रवक्ता राम कुमार तामाङ, युवा संयोजकमा फुर्वा लामा
महिला संयोजक रुपा कार्की चयन भएका हुन् ।
त्यसैगरी सदस्यहरू क्रमशः टेकाराम विश्वकर्मा, ललित बास्तोला, लक्ष्मी प्रसाद कोइराला, कुल बहादुर श्रेष्ठ, महेन्द्र तिवारी, राम थोकर तामाङ, सुरेश खडका, सुनु तामाङ, नरेन्द्र बराल, अर्जुन प्रसाद पौडेल, सुसन श्रेष्ठ रहेका छन् ।
क्लबको प्रमुख संरक्षकमा दिपक श्रेष्ठ र आइसीसी सदस्यमा अजय यादवलाई चयन गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली (ढकाल)ले नवनिर्वाचित टोलीलाई शुभकामना दिदै ओमानमा रहेका नेपालीहरुको उजागर गर्नुपर्ने बताइन् । उनले थपिन् – क्लबले गरेका कार्यक्रमहरुलाई व्यक्तिगत र दूतावासको तर्फबाट सक्दो सहयोग गर्छौं ।
समारोहमा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्वय कुमार पन्त, कुल आचार्य, महासचिव डा. बद्री केसी, सचिव डि बी क्षेत्री, गल्फ संयोजक आरके शर्मा, एनआरएनए एसिया प्यासिफिक संयोजक किरणविक्रम थापा, अमेरिका क्षेत्रीय संयोजक गौरीराज जोशी, एनआरएन मध्यपूर्व सहसंयोजकद्वय प्रविन गुुरुङ र गोपाल कँडेल, एनआरएन बेल्जियमका अध्यक्ष लोकप्रसाद दाहाल, एनआरएन यूएईका अध्यक्ष रमेश श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।
क्लबका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई एनआरएनका अध्यक्ष भट्टले सपथ खुवाएका थिए । कार्यक्रमका सभापति निवर्तमान अध्यक्ष दिपक श्रेष्ठ रहेका थिए ।