आधुनिक प्रविधिको विकाससँगै पुराना लोप भए

उपेन्द्र गोले संम्वाददाता
0 Shares
रौतहट

रौतहटमा गाउँगाउँमा आधुनिक प्रबिधिको बिकासले फट्को मारेपछि अहिले गाउँघरबाट पुराना प्रविधि लोप हुूदै जान थालेको छ । पहिला पहिला गाउँघरमा बिजुली नहुदा ढिकी, जातोमा पिठो, चामल, दाल, लगायत पिस्ने गरेको चन्द्रपुर-३, गैडाटारका स्थानीय मानध्वज वाइबाले बताए ।

रौहतटको धेरै जसो गाउँमा जातो, ढिकीको प्रयोग हुदै आएको थियो । अहिले विद्युत विस्तार भएसंँगै विभिन्न प्रबिधिको प्रयोगकर्ता बढेपछि पूर्ण रुपमा विस्थापित भएको सम्बन्धित क्षेत्रका स्थानीय बासिन्दाहरुले बताएका छन ।

पहिला पहिला गाउँमा बिजुली नआउदा र मिल स्थापना नहुदा ढिकीमा पालैपालो धान कुटाउन, मकै, गहुंँ पिसाउनेको ओइरो नै लाग्ने गरेको गैडाटारका स्थानीय जीत बहादुर घिसिङ बताउँछन् । प्रबिधिको बिकाससंँगै विद्युतिय मिलहरु सञ्चालनमा आएपछि पुरानो प्रबिधि लोप भएको छ, घिसिङले भने ।

गुजरा नगरपालिकाका राजु बलले हिजोआज गाउँमा ढिकी र जातो विस्थापित हुन पुगेकामा चिन्ता लागेको बताए । बलका अनुसार विगतमा गाउँघरमा ढिकी, जातो चल्दा र आवाज आउदा एक किसिमको रमाइलो हुने गरेको थियो ।

आजभोलि गाउँमा ढिकी घर भत्किसकेको जातो उखेलिएर फालिसकेकोे, पुरानो प्रविधिहरु बन्द हुदा गाउँ नै सुनसान भएको स्थानीयको भनाइ रहेको छ । गाउँमा दशै, तिहारको समयमा र विवाह लगायत विभिन्न कार्य हुँदा ढिकीमा चिउरा तथा धान कुट्ने कार्यले गाउ नै रमाइलो हुने गरेको भोलुम्टारका सुकमान वाइबाले बताए ।

गाउँघरमा हाल धान गोड्न, काट्न तथा झार्न र खेत जोत्न समेत मजदुर तथा गोरु पाउन छोडेको स्थानीयहरु बताउँछन् । हाल प्रबिधिको बिकासले पशुपालनमा समेत संकटमा परेको स्थानीयहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया