ब्रिजवाटर कप फुटबल प्रतियोगिता आइतबारबाट

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
भक्तपुर

प्रथम पुरस्कार एक लाख रुपैयाँ राशिसहितको उपत्यकाकै पहिलो प्लस टु ‘ब्रिजवाटर कप फुटबल प्रतियोगिता–२०७६’ हुने भएको छ ।

फुटबल खेलाडी जन्माउँदै आएको मध्यपुर युथ एशोसिएनसँगको सहकार्यमा भक्तपुरको मध्यपुरथिमि नगरपालिका– ४ सानोथिमिस्थित मध्यपुर युथ एशोसिएसनको खेल मैदानमा आइतबारदेखि शुरु हुने सो प्रतियोगितामा उपत्यकाका कक्षा १२ सम्म सञ्चालित ३२ विद्यालयको सहभागिता हुने ब्रिज वाटर इन्टरनेशनल कलेजका प्राचार्य तेज श्रेष्ठले आज जानकारी दिए ।

पुस १२ गतेसम्म नकआउटका आधारमा हुने प्रतियोगितामा विजेता विद्यालयलाई एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए । प्रत्येक खेलमा ‘म्यान अफ दी’ म्याचबाट पुरस्कृत गरिने उक्त प्रतियोगितामा व्यक्तिगततर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक र अनुशासित टिमलाई समेत पुरस्कृत गरिनेछ ।

कलेजका प्राचार्य तेज श्रेष्ठले उपत्यकाव्यापी विद्यालयस्तरमा यति ठूलो राशिको पुरस्कार रहेको प्रतियोगिता पहिलोपटक ब्रिजवाटर इन्टरनेशनल कलेजले सञ्चालन गर्न लागेको बताउँदै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी दिए ।

प्रतियोगिताबारे जानकारी दिँदै मध्यपुर युथ एशोसिएसनका अध्यक्ष, प्रतियोगिताका संयोजक एवं अखिल नेपाल फुटबल संघका उपाध्यक्ष उपेन्द्रमान सिंहले प्रतियोगिता प्रत्येक वर्ष गरिने जानकारी दिए । प्रतियोगिताले नेपालका फुटबल क्लबलाई उत्कृष्ट खेलाडी छनोट गर्ने अवसर प्राप्त हुने बताउँदै राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा खेलाडी उत्पादन गर्न यसले ठूलो टेवा दिने बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका