तामाङ सेलो संगीत तथा खाना महोत्सव सम्पन्न

सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

तामाङ सेलो संगीत तथा खाना महोत्सव सम्पन्न भएको छ । नेपाल तामाङ कलाकार संघको आयोजनामा सम्पन्न महोत्सवको उद्घाटन संचार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले गरेका थिए ।

तामाङको सांस्कृतिक बाजा डम्फू बजाएर महोत्सवको उद्घाटन गर्दै मन्त्री बास्कोटाले डम्फू सबै नेपालीको साझा सम्पत्ति भएको बताए ।
नेपाल बहुजाति, बहुभाषी, बहुसांस्कृतिक राष्ट्र भएको उल्लेख गर्दै मन्त्री बास्कोटाले नेपालमा बसोवास गर्ने सम्पूर्ण जातजातिहरु सर्वप्रथम नेपाली भएको बताएका थिए । ‘हामी देउवा, ओली, पौडेल, तामाङ, मगर, गुरूङ, राई, लिम्बू जे भएता पनि सबैभन्दा पहिले नेपाली हौं ।’ बाँस्कोटाले भने, ‘त्यसैले डम्फू पनि हामी सबैको साझा सम्पति रहेकोले यसको संरक्षण सबै मिलेर गर्नुपर्छ ।’ आफू सानो छँदा धेरै तामाङ साथिहरुको संगतले तामाङ भाषा बोल्न सिकेको बताउँदै उनले अहिले ल्हास्सो र फ्याफुल्ला चाहि बोल्न नविर्सेको बताएका थिए ।

कार्यक्रममा गीत संगीतको माध्यमबाट तामाङ समुदायलाई योगदान पुर्याएका कलाकारहरू लालबहादुर वाइबा, माया लामा, माया लामा थिङ, चन्द्रकुमार मोक्तान, कुन्ति मोक्तान, इन्दिरा गोले, चन्द्रकुमार दोङ, रोज मोक्तान, प्रेम लोप्चन, जमुना योञ्जन, मान बहादुर दोङ, राजु लामा, इन्दिरा योञ्जन, तुलसा वाइवा लगायतकालाई मन्त्री बाँस्कोटाबाट प्रमाणपत्रद्वारा सम्मान गरेका थिए ।

महोत्सवमा तामाङ संस्कृति झल्कने विभिन्न तामाङ परिकारका स्टलहरू राखेका थिए । काठमाडौं चुच्चेपाटी स्थित हायत ग्राउण्डमा आयोजित महोत्सव शुक्रबार र शनिबार दुई दिनसम्म चकेको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका