गिरिजाप्रसाद फाउन्डेसन नुवाकोटको सम्मान

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
7 Shares
नुवाकोट

नेपाली राजनीतिका शिखर पुरुष, पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईरालाको सम्मानमा स्थापित गिरिजाप्रसाद कोइराला फाउण्डेसन नुवाकोटले कल्याणकारी कोष तथा पत्रकारिता पुरस्कारको घोषणा गरिएको छ ।

फाउन्डेसनद्वारा शनिबार बालाजुमा आयोजित विशेष कार्यक्रममा शाखा संयोजक रमेश कुमार पाठकले घोषणा जानकारी गराएको थियो । २ लाख १ हजार राशिको गिरिजाप्रसाद कोइराला कल्याणकारी कोष र पत्रकारितामा सक्रिय दुईजना पत्रकारलाई बार्षिक जनही १० हजारको राशिसहित सम्मानको गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कारको घोषणा भएको हो ।

बिशेष कार्यक्रमको सम्बोधन गर्दै प्रमुख अतिथि पुर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. राशरण महतले स्व. गिरिजाप्रसाद कोइरालाले लोकतन्त्रको विकास र आर्थिक उन्नतिको सुरुवातमा गरेको योगदान अतुलनीय रहेको बताए । उनले थपे-आवश्यक पर्दामा जस्तोसुकै त्याग र जुनसुकै कठिन बाटो हिडन पनि पछि नपर्ने स्व गिरिजाप्रसाद कोइरालाको आर्दशनै लोकतन्त्रको मार्ग रहेको हो ।

यसैगरी नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले कथित राष्ट्रियताको नारा लगाउने ओली सरकारले सीमा मिच्दाखेरी सिन्को पनि पर नसारी लम्पसारबादमा परेको आरोप लगाए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य बहादुरसिंह लामाले तत्कालीन माओबादीलाई शान्ति प्रकृयामा ल्याउने क्रममा गिरिजाप्रसाद कोइरालाले गरेको योगदान इतिहासमा स्वर्णअक्षरमा लेखिएको बताए । उनले थपे- यस्ता महापुरुषले मुलुक र पार्टीलाई लोकतान्त्रिक बिधिमा अगाडि बढाएको सत्य साबित भएको छ ।

नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले नेपाललाई द्वन्द्वबाट शान्तिमा ल्याउन स्व. कोइरालाको ठुलो देन रहेको बताए । उनले सांगठनिक रुपमा पार्टीलाई बलियो बनाएको स्मरण गरे ।

यसैगरी नेपाली काँग्रेस मोरङ जिल्ला सभापति डिकबहादुर लिम्बूले गिरिजा बाबुको काखमा आफु हुर्केको स्मरण गर्दै वहाँकै कार्यदिशाले पार्टी मात्रै नभई मुलुकको सार्वभौम हित भएको बताए ।

जिल्ला समन्वय समिति नुवाकोटका सभापति सन्तमान तामाङले गिरिजाप्रसाद कोइराला नेपाली काँग्रेसको मात्र नभई सवैको साझा नेता भएको बताए । गिरिजा बाबुको देनले गर्दा मुलुक शान्ति प्रक्रिया हुदै गणतान्त्रिक भएको स्मरण गरे ।

फाउण्डेसनका उपाध्यक्ष शिव अधिकारीले स्वागत मन्तव्य व्यक्त गदै गिरिजाप्रसाद कोइरालाको त्याग, तपस्या र सर्मपणबाट काँग्रेसले पाठ सिक्दै संगठन बिस्तारमा व्यापक लाग्नुपर्ने बताए ।

कार्यक्रममा महासमिति सदस्य रमेशकुमार महत, महाधिवेशन प्रतिनिधि कृष्णबहादुर लामा, पुर्वमहासमिति सदस्य बाबुकाजी पाठक, द्वन्द्वबिद डा. उमेश भट्टराई, नेपाल महिला संघ विभाग प्रमुख हिरा पाण्डे लामा, नेपाली काँग्रेस तारकेश्वरका संयोजक होमबहादुर तामाङ लगायतले स्व कोइरालाको योग्दानको बारेमा चर्चा गरेका थिए ।

उक्त कार्यक्रममा दुवै मृगौला फेल भएकी नुवाकोटको सुर्यगढी गाँउपालीका ४ की राधिका ओझालाई विभिन्न व्यक्तिहरुद्धारा प्राप्त झण्डै १ लाख ४२ हजार रुपयाँ बराबरको आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो ।

फाउण्डेसनद्धारा आयोजित कार्यक्रममा दक्षिण एसियाली खेल सागमा नुवाकोट जिल्लाबाट पदक विजेता खेलाडी, प्रशिक्षक तथा समाजमा बिभिन्न योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कराँतेमा स्वर्ण पदक विजेता अनु अधिकारी, साइक्लिीङमा स्वर्ण पदक विजेता लक्ष्मी मगर, तेक्वान्दोमा रजत पदक विजेता कृष्णबहादुर तामाङ, उसुमा रजत विजेता मिना लामा, भारत्तोलनमा रजत पदक विजेता अस्मिता राई, जुडोमा रजत पदक विजेता संजित डंगोल, तेक्वान्दोमा कास्य पदक विजेता रेजिना रिमाल, कराँतेमा कास्य विजेता रोजिन पुडासैनी, प्रशिक्षक संगिना बैद्य र खेलाडी दिनेश महतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा शिवपुरी मिडिया नेटवर्कका अध्यक्ष रबिनप्रसाद थपलिया, सामाजिक अभियन्ताहरु क्रमशः स्वास्थ्य संस्था स्थापना गरेबापत जगत लामा, शिक्षासेवी मोहन लम्साल, पर्यटन व्यवसायी बलराम न्यौपाने र लामोसमय बोलेर गिनिज बुकमा नाम लेखाउने अनन्तराम केसीलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका